काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३।६४ रुपैयाँ र बिक्री दर ८४।०२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७६ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।४४ रुपैयाँ र बिक्री दर ३५।६० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८।११ रुपैयाँ रहेको छ भने बिक्री दर २८।२४ रुपैयाँमा कारोबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०।१९ पैसा र विक्रीदर ४३२।१४ पैसामा कारोबार हुनेछ ।