आजबाट नयाँ नोट साट्न पाइने, एकजनाले कति पाइन्छ नयाँ नोट ?

२०८० आश्विन २९ गते प्रकाशित

काठमाडौं । आज देखि नयाँ नोट सटही गर्न पाइने भएको छ ।नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखि नयाँ नोट सटही गर्न सकिने भएको हो ।

आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा नेपाल राष्ट्र बैङ्कले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् गरेको हो ।

उता, काठमाण्डौ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएको छ ।

राष्ट्र बैङ्कले हरेक बर्ष दशै‌ अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।