आज विश्व खाद्य दिवस मनाइँदै

२०८० आश्विन २९ गते प्रकाशित

काठमाडौं । आज सन् २०२३ अक्टोबर २३ तारिख अर्थात विश्व खाद्य दिवश देशभर मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको विशेष निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ)द्वारा सन् १९४५ मा विश्व खाद्य दिवसको स्थापना भएको हो। नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई विश्व दिवसका रूपमा मान्यता दिएको हो ।

हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीको विरुद्ध एक्यवद्धभई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।

सन् २०२३ को विश्व खाद्यान्न दिवसको नारा ‘जल नै जीवन हो, जल नै खाना हो’ भन्ने रहेको छ । विश्व खाद्यान्न तथा कृषि सङ्गठन (एफएओ) का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठुलो चुनौती भनेको खाद्यान्न सङ्कट नै हो ।

स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र बिस्तारै रैथाने बिउ विजन लोप हुँदै जानू २१ औ शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।

एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठुला ठुला निगमहरू विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्ने दावा गरिएको छ । विश्व खाद्य दिवशका अवसरमा नेपालमा पनि कृषि र खाद्यसम्वन्धी निकायहरुले विभिन्न कार्यक्रम गर्दै यो दिवश मनाउँदैछन् ।