काठमाडौं । दूग्ध विकास संस्थान (डिडिसि)ले चाडपर्वलक्षित गरेर आफ्ना दूग्धजन्य पदार्थमा भारी छुट सुविधा दिएको छ । आम उपभोक्ताको हितलाई मध्यनजगर गर्दै डीडीसीले असोज २७ गतेदेखि छठपर्वसम्मका लागि विभिन्न १२ वटा दूग्धजन्य पदार्थमा विशेष छुट सुविधा दिएको डीडीसीका महाप्रवन्धक संजिब झाले बताए ।
अहिले देखिएको आर्थिक मन्दीका साथै सर्वसाधरणको क्रयशक्तिमा देखिएको ह्रासलाई हेरेर पनि छुट सुविधा दिएको उनले बताए ।
हाल बजार देखिएको आर्थिक मन्दीमा बजार खपतमा कमी आएको, संस्थानको संकलनमा अप्रत्यासित रुपले आएको वृद्धिको कारण दैनिक रुपमा नै खपत भन्दा अधिक करिव ४५ देखी ५० हजार लिटर सम्मको दुधलाई दैनिक रुपमा कन्भर्सन गरी धुलो दुध र मक्खन मौज्दात गर्नु परिरहेको अवस्था छ ।
उक्त कन्भर्सनमा दैनिक रुपमा नै करिव रु ४५ लाख सम्मको उत्पादन थप हुदै गईहेकोले कूल मौज्दातमा रु ६० करोड भन्दा बढी रकमको पूँजी बन्द अवस्था सृजना भएको छ । पूँजी बन्दको कारण स्वभाविक रुपले नगद चक्रमा प्रतिकूल असर परी कृषक भुक्तानी प्रभावित हुन गएको उनले बताए ।
यी दूग्धजन्य पदार्थमा डीडीसीले दियो छुट
