आजबाट थापाथलीमा खसीबोकाको बिक्रि, कसरी चिन्ने खानलायक खसी ?

२०८० आश्विन ३० गते प्रकाशित

काठमाडौं । आज मंगलबारदेखि दशैंका लागि लक्षित खसीबोकाको बिक्रि सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी ३ हजार खसीबोका र च्याङग्राको बिक्रि सुरु गरेको हो ।

खसीबोका सोमबार नै थापाथली भित्रिएको र खसीबोकाको स्वास्थ्य चेकजाँचलगायतका काम भएका थिए । कम्पनीका अनुसार जिउँदो खसीको प्रतिकेजी मूल्य ६७० छ ।

सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि बितरण गरिनेछ ।

सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएर बिक्री गरिने छ । जसअनुसार आज बिहान ८ बजेदेखि नै कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी बोका र च्याङग्रा बिक्रि सुरु हुनेछ । छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैँयामा खरिद गरेर सर्बसाधारणले घर लैजान सक्ने छन् । यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा काठमाडौं भित्राएको छ ।

कसरी चिन्ने खानलायक खसी ?

कम्पनीले खसीबोको स्वास्थ्य परिक्षण र स्वस्थ खसीबोकाको मात्र बिक्रि वितरण गर्ने जनाएको छ । त्यसोभए स्वस्थ्य खसी कुन हो ? त । कम्पनीका अनुसार, हरियो चिहृन भएका खसीबोका मासुका लागि शुद्ध र स्वस्थ्य हुन्छन । त्यस्ता खसीबोका मात्र खरिद गर्नुपर्छ ।

रातो चिह्न लगाएका खसीबोका खरिद गर्नुहुँदैन् । किनकी, त्यस्ता खसीबोका अस्वस्थ्य हुन्छन् । स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थ्यलाई ‘रातो’ चिहृन लगाउने अभियान सुरु गरेको छ । उपत्यकाका विभिन्न ११ स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु भइरहेको छ ।