आज डलरको भाउ स्थिर, अरु कतिमा भइरहेको कारोबार ?

२०८० कार्तिक २ गते प्रकाशित

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३८पैसा र बिक्री दर १४१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६७ रुपैयाँ र बिक्री दर ८५.०५ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.०२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१४ रुपैयाँमा कारोबार गरिनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा र विक्रीदर ४३१.६१ पैसामा कारोबार हुनेछ ।