आज अमेरिकी डलरको भाउ स्थिर, अन्यको कतिले घटबढ भयो ?

२०८० कार्तिक १३ गते प्रकाशित

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४२ पैसा र बिक्री दर १४१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २४ पैसा र बिक्री दर १६१ रुपैयाँ ९४ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.१९ रुपैयाँ र बिक्री दर ८४.५७ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ १४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ८० पैसा र बिक्री दर ९ रूपैयाँ ८४ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९४ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०।१७ पैसा र विक्रीदर ४३२.११ पैसामा कारोबार हुनेछ ।