काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ८९ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६६ रुपैयाँ र बिक्री दर ८५.०५ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३९ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ८६ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०३ रुपैयाँमा कारोबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.७४ पैसा र विक्रीदर ४३१.६८ पैसामा कारोबार हुनेछ ।