अर्थ मन्त्रालयले बजेट रकमान्तर नगर्दा अड्कियो उखु किसानको अनुदान

२०८० कार्तिक १७ गते प्रकाशित

काठमाडौं । अर्थ मन्त्रालयले बजेट रकमान्तर नगरिँदिदा उखु किसानको अनुदान रोकिएको छ । चालू आर्थिक वर्ष २०८०।०८१ को बजेटले उखु खरिद गरेबापत उखु किसानलाई दिइने अनुदान ८० करोड छुट्याएको थियो । उक्त अनुदान रकम वितरण भइसके पनि उखु किसानको अनुदान अझै बाँकी छ ।्

सरकारले दिनुपर्ने अघिल्लो आव २०७९।०८० को अनुदानसहित गरेर उखु किसानको अनुदान १ अर्ब ३२ करोड बाँकी थियो । विनियोजित बजेटमा छुट्याएको ८० करोड रुपैयाँ सर्लाही र सुनसरीका उखु किसानलाई पठाइसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्र्तगत कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले उखु किसानलाई दिइने अनुदान ८० करोड रुपैयाँ सुनसरी र सर्लाहीको कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाइसकिएको बताए ।

त्यो बाहेक अब उखु किसानका लागि ५२ करोड रुपैयाँ अनुदान दिन बाँकी छ । उक्त बाँकी रकम अर्थ मन्त्रालयले बजेट रकमान्तर नगरिँदिदा अनुदान वितरणमा ढिलाई भएको उनले बताए ।