काठमाडौं । सरकारले यस वर्ष पनि धान उत्पादन केही बढ्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, यस वर्ष रोपाइँ भएका क्षेत्रहरुमा धान उत्पादन गत वर्षको तुलनामा केही बढ्ने अनुमान छ ।
‘अघिल्लो वर्ष भन्दा यस वर्ष धान उत्पादन केही बढ्छ भन्ने अनुमान गरेका छौं । खासगरी, ढिलो मनसुन सुरु हुनु र रोपाइँ पनि तुलनात्मक रुपमा अघिल्लो वर्षकै जति भएकाले धान उत्पादन बढ्ने देखिन्छ ।’ मन्त्रालयअन्र्तगतको कृषि विभागका महानिर्र्देशक हरिबहादुर केसीले बताए ।
यसपाली देशभर ३ लाख ३२ हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । यो ९७.६७ प्रतिशत रोपाई भएको हो । गत वर्ष ९७.१ प्रतिशत अर्थात् ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो ।
गत आवमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक धान उत्पादन भएको थियो । गत आवको तुलनामा यस वर्ष धान उत्पादन एकल अंकले बढ्ने विभागको प्रक्षेपण छ ।