कृषि विकास बैंकद्धारा भूकम्प पीडितहरुका लागि ५० लाख सहयोग

२०८० मंसिर ३ गते प्रकाशित

काठमाडौं । कृषि विकास बैंकले पश्चिम नेपालका जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भूकम्पपीडितका लागि राहतस्वरुप ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

गत २०८० साल कात्तिक १७ गते राति जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा त्यसक्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । उक्त घटनापछि बैंकले भूकम्पपीडितका लागि राहत स्वरुप उक्त रकम सहयोग गरेको हो ।

राष्ट्रिय विपदको यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख सहयोग गरेको हो । सहयोग रकमकोको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरी कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरेको बैंकले जनाएको छ । उक्त चेक कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंक बैंकले भूकम्पबाट प्रभावित र पीडित लाई राहत पुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले धन्यवाद ज्ञापन गरे । कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।