आज हरिबोधनी एकादशी पर्व, शक्तिपिठहरुमा भक्तजनको भीड

२०८० मंसिर ७ गते प्रकाशित

काठमाडौं । आज हरिबोधनी एकादशी पर्व । देशभर यो पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई ठूलो एकादशी पनि भनिने गरेको छ । एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ ।

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।

हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण ९चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।

उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ ।