काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । जसअनुसार, आज एक डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४२ रुपैयाँ र बिक्री दर ८७.८१ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ १९ पैसा र बिक्री दर १० रूपैयाँ २४ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँमा कारोबार गरिनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६९ पैसा र विक्रीदर ४३३.६४ पैसामा कारोबार हुनेछ ।