आज विश्व माटो दिवश मनाइँदै

२०८० मंसिर १९ गते प्रकाशित

काठमाडौं । आज सन् २०२३ डिसेम्बर ५ तारिख अर्थात विश्व माटो दिवश । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ यसवर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व माटो दिवस २०२३ मनाइने भएको छ ।

माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले माटो दिवस मनाउँदैछ ।

मंसिर १६ गतेदेखि सुरु भएको माटो दिवसको मुख्य कार्यक्रम भने आज (मंगलबार) आयोजना हुनेछ । फएओको सिफारिसमा संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि माटो दिवस मनाउन सुरु गरिएको हो ।