दोधारा चाँदनी । कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज साग लगायत हिउँदे तरकारीले हराभरा छ ।
उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । ‘२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ ।’ उनले भने ‘सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हँु अहिले बिक्री गर्न थालेको छु मासिक चार÷पाँच हजार आम्दानी हुन्छ ।’
उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए । ‘यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन ।’ खत्रीले भने ‘जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।’ तरकारी बिक्रीबाट मासिक चार÷पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए ।
‘केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन ।’ उनले भने ‘यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।’ उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए । ‘मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन ।’
उनले भने ‘घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।’ अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए । ‘छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन् ।’ उनले भने ‘तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।’
उनि कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय छन् । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेका उनि ‘हुन्। जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुनुहुन्छ । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उहाँको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ ।