काठमाडौं । पछिल्लो पटक कृषि तथा पशुपंक्षीक्षेत्रको तालुक निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व सम्हालिरहेका छन्, नेकपा एकीकृत समाजबादीका महासचिव डा. बेदुराम भुसालले । सत्ता गठबन्ध सरकारको नेकपा एस पार्टीको कोटाबाट मन्त्री बनेका उनले कृषि तथा पशुपन्छी क्षेत्रमा त्यति आसालाग्दा काम भने गर्न सकेका छैनन् ।
कृषि क्षेत्रमा जता पनि भष्ट्राचार, अनियमतिता र निराशा बढ्दै गए पछि मन्त्रालयका सचिवहरु पनि मन्त्रीप्रति रुष्ट देखिन्छन् । अर्थात, मन्त्रीको काम गराईमा सचिवहरुले चित्त बुझाउन भने सकेका छैनन् । अहिले मन्त्रालयको (कृषि) सचिवको जिम्मेवारी डा. गोविन्दप्रसाद शर्माले निर्वाह गरिरहेका छन् भने पशुपन्छीतर्फ भने डा. रेवतीरमण पौडेल सचिवको पदीय जिम्मेवारीमा छन् ।
जसमध्ये, दुवै सचिवहरु सत्ता गठबन्धनको मूख्य दल नेपाली कांग्रेस निकट हुन् । शर्मा कांग्रेस सभापति शेरबहादुर देउवाको आर्शिवाद पाएर युवा अवस्थामै सचिवमा बढुवा भए । मन्त्री नेकपा एस र सचिव कांग्रेस निकट भएकै कारणले पनि अहिले मन्त्रीका कुरा सचिवहरुले पत्याउन छाडेका छन् । नाम नबताउने शर्तमा कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार, कृषि मन्त्रीले निर्णयका लागि सिफारीस गरेर पठाइएका फाइल सचिवले अघि नबढाउने र अड्काइदिने गरेका छन् ।
ती कर्मचारीले कृषिपानालाई भने, ‘के गर्नु मन्त्रीज्यूले नै निर्णय गर्न फाइल पठाए पनि सचिवज्यूबाट तोकादेश र निर्णय हुँदैन् । मन्त्रीका निर्णय ठाँडै सचिवज्यूहरुले हुँदैन, मिल्दैन् भन्नुहुन्छ ।’ ती कर्मचारीका अनुसार, कृषि मन्त्रीका स्वकीय सचिव र निजी सचिवको दबाबमा मन्त्री पर्दा सचिवहरुले त्यस्ता फाइल पास नगरेको पाइएको छ । मन्त्रालयका एक उपसचिवका अनुसार, सोझा मन्त्रीका स्वकीय सचिव र निजी सचिवहरु ‘ठेकेदारी’को काम गर्छन् ।
अर्थात, ती उपसचिव भन्छन, ‘मन्त्रीका स्वकीय र सल्लाहकारहरु यस्ता परे की तिनिहरु ठेकेदार जस्ता छन् । अर्थात, मन्त्रीलाई दबाब र प्रभावमा पारेर कृषि वा अन्य निकायमा कर्मचारी भर्ना, सरुवा तथा बढुवामा समेत चलखेल गर्ने गर्छन् ।’ मन्त्रालय मातहत वा अन्य निकायमा कर्मचारी भर्ना, नियुक्ति र सरुवा तथा बढुवाका कामकाजहरु मन्त्रीको फेभरमा सचिवहरुले नगरिँदिदा मन्त्री र सचिवबीचको तिक्तता भने बढ्दै गएको छ ।
मन्त्रीका फाइल र हुनुपर्ने निर्णय मन्त्रीकै अगाडी सचिवले हुँदैन्, मिल्दैन् भन्ने गरेको मन्त्रालयका ती कर्मचारीले बताए ।
त्यतिमात्र होइन्, मन्त्रीकै आदेश र निर्णय पालना नगरेपछि मन्त्रीका स्वकिय सचिव र प्रेस सल्लाहकारहरु भने तनाबमा छन् । मन्त्रालयमा आफ्नो कार्यकक्षमा विभिन्न व्यक्तिको भीड बटुलेर नियुक्ति, सरुवा, बढुवा वा अन्य निर्णय निश्चित कमिसनका आधारमा हुने गरेको छ ।
तर, मन्त्रालय मातहतका निकायमा हुने सरुवा, बढुवा वा नियुक्तिमा सचिवबाट समेत निर्णय गराउनुपर्दा मन्त्रीका खास मान्छेहरुलाई अहिले टाउको दुखाईको विषय बनेको छ । कारण, सचिवहरुले त्यस्ता फाइल पास नै नगरिदिनु । पछिल्लो पटक भने मन्त्रीको ‘फेभर’मा सचिवहरुले निर्णय नगरिँदिदा मन्त्री पनि आजित छन् । आजित र तनाव भएरै होला, मन्त्रीका नजिकका मान्छेहरुले सचिव नै फेरिदिने हल्ला चलाइरहेका छन् ।
पशुपन्छीतर्फका सचिव मन्त्रीप्रति केही नरम भए पनि कृषितर्फका सचिव डा. गोबिन्दप्रसाद शर्मा भने मन्त्रीप्रति नरम छैनन् । अर्थात, मन्त्रीका खास मान्छेका काम सचिव शर्माबाट हुँदैन् । चाँहे त्यो मन्त्रीकै सिफारीस आए पनि उनले निर्णय गर्दैनन् । मन्त्रीका स्वकीय सचिव र निकटस्थहरु पनि सचिव शर्माको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । जसका कारण, अहिले मन्त्री र उनका खास मान्छेहरु सचिव नै फेर्ने कुरा सार्वजनिक रुपमा नै भन्ने आँट देखाइरहेका छन् ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भएकाले पनि मन्त्रीले आफु अनुकुल काम गर्न पाइरहेका छैनन् । त्यसमाथि मन्त्रालयकै सचिवहरुबाटै निर्णय गराउन नसक्दा मन्त्री र सचिवबीचको विवाद झांगिएको छ ।
मन्त्री निकट स्रोतका अनुसार, प्रचण्ड प्रधानमन्त्री पछि नेकपा एसको नेतृत्वमा सरकार बन्ने र त्यतिबेला सचिव नै फेर्ने मन्त्री निकटका खास मान्छेहरुले त्यो तानाबाना बुन्न थालेका छन् ।
तर, उनीहरुले सोचेजस्तो गरी कृषितर्फका सचिव शर्माको सरुवा तत्काल सम्भव देखिँदैन् । किनकी, कांग्रेसको दरिलो साथ र आर्शिबाद पाएर सचिवमा बढुवा भएका सचिव शर्माको ‘पावर’ माथिसम्मै रहेकाले त्यो सम्भव नहुने मन्त्रीनिकटकै कर्मचारी स्वीकार्छान् ।
प्रचण्ड पछि नेकपा एसले सरकारको नेृतृत्व गर्यो भने भन्न सकिएला । नत्र, प्रचण्ड पश्चात नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्यो भने न मन्त्रीमा बेदुराम रहन्छन्, न त सचिवको नै सरुवा हुन्छ । जबसम्म कृषि मन्त्रालयमा मन्त्री र सचिवबीचको द्धन्द्ध तथा टकराब अन्त्य हुँदैन । र, मन्त्री, सचिव र कर्मचारीबीच समन्वय गर्दै दैनिक प्रशासनिक काम हुँदैन् । तबसम्म नेपालको कृषि ‘उँभो’ नलाग्ने निश्चित प्रायः छ ।