कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालक बन्न ९ जनाको आवेदन

२०८० माघ ४ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालक नियुक्तिका लागि ९ जनाले आवेदन दिएका छन् । कम्पनीको रिक्त प्रवन्ध सञ्चालक पदमा ९ जनाले आवेदन दिएका हुन् ।

जसमा, कम्पनीका कर्मचारी देखि अन्य कर्मचारी समेतले आवेदन दिएका हुन् । मन्त्रालयले गत पुस २ गते कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालक पदका लागि आवेदन दिन सुचना प्रकाशित गरेको थियो । सुचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन आह्वान गरिएको सुचनाअनुसार सो पदका लागि ९ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमा कृषि सामग्री कम्पनीका निमित्त प्रवन्ध सञ्चालक विष्णु पोखरेल, खरिद महाशाखाका प्रमुख राजेन्द्रबहादुर कार्की र कम्पनीका सुचना अधिकारी पुण्यप्रसाद उपाध्यायले समेत आवेदन दिएका छन् ।

त्यस्तै, चन्द्रप्रसाद चम्लागाँइ, डोलिन्द्रप्रसाद शर्मा, भोजराज अधिकारी, रामचन्द्र ढकाल, शैलेन्द्रकुमार सुमन र हरिवंश आचार्यले कम्पनीको प्रवन्ध सञ्चालक पदका लागि आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमध्ये विशिष्ट श्रेणी, अनुभव, कार्यसम्पादनका आधारमा सिफारीस समितिले एकजनालाई प्रवन्ध सञ्चालकमा नियुक्त गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।