कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त

२०८० माघ २३ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतको कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त भएका छन् । प्रवन्ध सञ्चालक पदका लागि ९ जनाले आवेदन दिएकोमा सिफारीस समितिले ३ जनाको नाम सर्टलिस्टमा निकालेको थियो ।

आवेदन दिएकोमा पोखरेलसँगै भोजराज अधिकारी र रामचन्द्र ढकालको नाम पनि सिफारीसमा परेको थियो । तीनजनामध्ये उत्कृष्ट कार्यसम्पादन र अनुभवका आधारमा गत माघ १८ गते कम्पनीनको पदेन अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले पोखरेलाई प्रवन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरेलले कृषि सामग्री कंम्पनी लिमिटेडको शाखा अधिकृतको पदमा मिति २०५२ साल जेष्ठ २१ गते सेवा प्रवेश गरि कम्पनीको जिल्लास्थित बिभिन्न शाखा एवम् क्षेत्रीय कार्यालयहरु र कम्पनीको प्रधान कार्यालयस्थित योजना तथा जनशक्ति व्यवस्थापन महाशाखा, खरिद महाशाखा, बितरण व्यवस्था महाशाखा, आर्थिक महाशाखामा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको काम गरिसकेको छन् ।

उनी २०७९ चैत्र ३ गते देखि कम्पनीको कामु प्रबन्ध संचालकको जिम्मेवारीमा थिए ।