काठमाडौं । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डीडीसी)अन्र्तगतको लुम्बिनी दूग्ध वितरण आयोजनाले किसानको दूध संकलन नगर्ने भएको छ । आयोजनाले एक विज्ञप्ती जारी गर्दै सहकारी र किसानबाट दूध संकलन गर्न नसक्ने जनाएको हो ।
गत २०८० फागुन १ गते आयोजना प्रमुखको अध्यक्षतामा बसेको बैठकले असहज परिस्थिति सिर्जना भएको भन्दै दूध संकलन बन्द गर्ने निर्णय गरेको हो ।
पोखराको सुजल डेरी र चितवन मिल्क पूर्ण रुपमा बन्द भएको र अन्य पाउडर कारखानाहरु बिग्रिएर राम्रोसँग सञ्चालनमा नआउँदा धुलो दूध उत्पादन कार्य बन्द भएको हुँदा सहज परिस्थ्तिि नआउँदासम्म दूध संकलन कार्य बन्द गरिएको आयोजनाले जनाएको छ ।