कृषि र पशुपालनलाई सामुहिक उद्यमशीलतासँग जोड्ने गरी कार्यक्रम ल्याउने सरकारको तयारी

२०८० फाल्गुन ६ गते प्रकाशित

काठमाडौं । सरकारले कृषि र पशुपालनका माध्यमबाट स्वदेशमै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने सामुहिक उद्यमशीलतामूखी कार्यायक्रम ल्याउने भएको छ । आइतबार प्रतिनिधि सभामा सांसदले उठाएको प्रश्नमा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।

सांसद किरण कुमार शाहले प्रधानमन्त्री प्रचण्डलाई सोधेको सो प्रश्नमा दाहालले भने, ‘देशभित्र रोजगागरी सिजर्ना गर्न सरकार प्रतिवद्ध छ । उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने सरकारले कार्यक्रम बनाएको उनले बताए ।

स्वदेशजार प्रवद्र्धन गर्न कृषि र पशुपालन क्षेत्रमा सरकारले लगानी गर्ने उनले बताए ।
सामुहिक उद्यमीशलता प्रवद्र्धन गर्न ७५३ वटै क्षेत्रमा कार्यक्रम लागू गर्ने गरी सरकारले नयाँ कार्यक्रम अघि बढाउने तयारी गरिरहेको उनले बताए ।