काठमाडौं । सरकारले दूधको बाँकी बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरुले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । खासगरी, केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडमा आवद्ध किसानहरुले दूध बिक्रिबापतको पाउनुपर्ने रकम यथासीघ्र उपलव्ध गराउने गरी ११ बुँदे मागसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
‘दूुग्ध उत्पादक कृषकहरुलाई भुक्तानी गर्नु पर्ने बाँकी बक्यौता रकम पौष मसान्तभित्र अधिकतम भुक्तानी गरीसक्ने र बाँकी रकम माघ मसान्तसम्म भुक्तानी गरि नियमित गर्ने, हाल कृषकबाट लिइरहेको दूधको परिमाण नघटाई निरन्तर दूध संकलन गर्ने र अन्य मागको हकमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा भएको छलफलमा मन्त्रालय सकारात्मक रहेको हँुदा निरन्तर छलफल गरी मागहरु पुरा गर्ने गरी मिति २०८० मंसिर २६ गते सहमति भएको सम्झौता अनुरुप कार्यान्वयन नभएको हँुदा यसको गम्भिर ध्यानाकर्षण भएको छ ।’
संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ नेपाल सरकार, कृषि मन्त्रीज्यू, प्रधानमन्त्रीज्यू, सचिवज्य, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन लगायत निकायहरुसँग पटक पटक छलफल तथा वार्ता पश्चात पनि समस्या हालको अवस्थामा पनि ज्यूँको त्यूँ रहेकाले अब आन्दोलनको कुनै विकल्प हामी माझ तत् तत् निकायले नराखेको हँुदा तपसिलका समस्याहरुलाई तुरुन्त समाधान गर्न गराउनका लागि ध्यानाकर्षण गराइन्छ ।’
संघले दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको डीडीसीलगायतका अन्य डेरी उद्योगीहरुले विगत ५ महिना अघिदेखि रहेको ६ अरब भन्दा बढीको भुक्तानी बक्यौता यथासिघ्र भुक्तानी गर्न माग गरेको छ ।
त्यस्तै, हाल किसानले भोगिराखेका मिल्क होलिडे तुरुन्त रोकिनुपर्ने, अनियमित आयातित दुग्धजन्य पदार्थहरुलाई पूृर्ण बन्द गराई स्टक रहेका दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनितिक पहलद्धारा अन्तराष्ट्रिय बजार अविलम्ब विक्रि गर्ने ब्यवस्था गरिनुपर्ने, दुग्ध किसानहरुलाई यस पेशामा जोगाइराख्न कृषिकर्जामा अनुदान कार्यक्रम विगतका वर्षहरुमा झैँ यथासिघ्र उपलब्ध गरिनुपर्ने, लागत मूल्य घटाउने कार्यक्रमहरु विगतमा दिइदै आएको दूध लिटर अनुदान कम्तीमा रु ५ सवै प्रदेशमा सबै किसानले पाउनेगरी लागु गर्ने र पशुआहारा, पशु औषधि लगायत पशुपालनसंग सम्बन्धित वस्तुका मूल्य राज्यले अविलम्ब नियन्त्रण गरिनुपर्ने, बीमा कार्यक्रमलाई प्राथमिकतामा राखी विमाको रकम उपलब्ध गरी विगतका विमा रकम भुक्तानी सहज बनाइनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको ब्यवस्था अविलम्ब गरिनुपर्ने र दूध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायत रोग मुक्त घोषण गरिनुपर्ने संघले माग गरेको छ ।
उल्लेखित विषयहरुलाई यथासिघ्र कार्यान्वयनका संघले नेपाल सरकार सम्बन्धित मन्त्रालय र निकायहरुलाई समेत ध्यानाकर्षण गराएको जनाएको छ । अन्यथा किसानका उल्लेखित मागमा वेवास्ता गरे मिति २०८० फागुन १४ गते देखि देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम गर्ने संघले घोषणा गरेको छ ।
जसअनुसार, मिति २०८० फागुन ८, ९, १० र ११ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघ संस्थाहरुको बैठक बस्ने, ब्यापक भेला गर्ने, प्रचार प्रसार गर्ने गराउने, राजनीति पार्टि विभिन्न किसान संघ संगठनहरुलाई जानकारी तथा सहयोगको लागि आब्हान गरिनेछ ।
त्यस्तै, २०८० फागुन १४ र १५ गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा विहान १० देखि १२ बजेसम्म २ घण्टा धर्ना, विरोध तथा ज्ञापन पत्र बुझाउने संघले जनाएको छ । २०८० फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुको नेतृत्वमा विहान १० देखि १२ बजेसम्म २ घण्टा राजमार्ग तथा संभावित सडक मार्गहरुमा शान्तिपूर्ण चक्काजाम गर्ने र २०८० फागुन २१ गते देखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर गर्ने संघले जनाएको छ ।