को बन्ला अबको कृषिमन्त्री ?

२०८० फाल्गुन २३ गते प्रकाशित

काठमाडौं । डा. बेदुराम भुसाल प्रचण्ड सरकारको मन्त्रिमण्डलबाट बाहिरिएसँगै हाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री मातहत छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक्ल्याएर एमालेसहित दलहरुसँग नयाँ सत्ता समीकरण गरेसँगै कृषि मन्त्रालयको जिम्मेवारी कसले पाउँला भन्ने जिज्ञासा आम सबैमा हुन्छ । यो समाचार तयार पार्दासम्म प्रचण्ड सरकारमा जाने एमाललेले ८ जनाको नाम टुंगो लगाइसकेको छ भने रास्वपाले ४ जना, माओबादीले ५ जना मन्त्रीहुनेहरुको नामावली टुंगो लगाइसकेको छ ।

त्यसकारण, प्रचण्डले एमालेसँग सहकार्य गरेर नयाँ सत्ताको बागडोर सम्हालेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुन दलको कोल्टामा पर्छ त्यो हेर्न बाँकी नै छ ।

तर, नेकपा एमालेबाट यसअघि मन्त्री भइसकेकी ज्वालाकुमारी साहलाई मन्त्री बनाउने टुंगो लगाइसकेको छ । तसर्थ, यसअघि पनि कृषि मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा उक्त मन्त्रालय नेकपा एमालेबाट ज्वालाकुमारी साहले नै गर्नेछिन भन्ने आम चर्चा छ ।

ज्वालाकुमारी साहले पनि कृषि मन्त्रालय नै ताकेको उनी निकट नेताहरु बताउँछन् । यद्यपी, नेकपा माओबादीले उक्त मन्त्रालयको भाग पायो भने चक्रपाणी खनालसमेत कृषि मन्त्री बन्ने सम्भावना देखिन्छ ।