आजको मौसमः तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८० चैत्र १३ गते प्रकाशित

काठमाडौं । हाल कोशी प्रदेशका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशको एक(दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । आज कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू(भागको मौसम आंशिक बदली रहने छ ।

दिउँसो कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।

राति देशभर आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।