५ चिनी उद्योगले दिएनन् उखु किसानको ८ करोड ७० लाख भुक्तानी

२०८० चैत्र १४ गते प्रकाशित

काठमाडौं । विभिन्न ५ वटा चिनी मिलहरुले किसानको ८ करोडभन्दा बढी रकम भुक्तानी नदिएको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार, हालसम्म ५ वटा चिनी मिलहरुले मात्र किसानको भुक्तानी दिन बाँकी रहेको हो ।
ती ५ वटा चिनी उद्योगहरुले किसानको झन्डै ८ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
यसरी किसानबाट उखु खरिदबापत भुक्तानी नगर्नेमा हिमालयन सुगर मिल, अन्नपूर्ण सुगर मिल, श्रीराम चिनी मिल, लुम्बिनी सुगर मिल र इन्दिरा सुगर मिलले किसानको भुक्तानी नदिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष उखु बिक्रिबापत १ अर्ब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेकोमा अन्य मिलहरुले भुक्तानी गरिसकेको तर, ५ वटा मिलहरुको भुक्तानी बाँकी रहेको हो । जिल्ला प्रशासन कार्यालयमार्फत सम्वन्धित चिनी मिल सञ्चालकलाई किसानको भुक्तानीका लागि क्रियाशील रुपमा लागिरहेको मन्त्रालयले जनाएको छ ।