सरकारले तोक्यो चैते धानको न्युनतम समर्थन मूल्य

२०८० चैत्र १५ गते प्रकाशित

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्युनतम समर्थन मूल्य तोकेको छ । गत चैत १५ गते (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु। २७०७.२८ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको छ ।