सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय

२०८० चैत्र ३० गते प्रकाशित

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले भनिन् ।
सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो ।