काठमाडौं । भारत र नेपाल सरकार–सरकारबीच(जीटुजी) विधिमार्फत २५ हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी बर्खेधानबालीका लागि उक्त मल (द्रुतमार्गमार्फत ल्याउन लागिएको हो ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष जीटुजीको मलसँगै ठेक्कामार्फत खरिद हुने मल आउने चरणमा रहेकाले मलको अभाव नहुने बताए ।
जीटुजीमार्फत ल्याइने मल कृषि सामग्री कम्पनीले खरिद गर्नेछ । कम्पनीले मल ल्याउन भारतीय सरकारको पूर्ण स्वामित्वमा रहेको मुम्वईस्थित राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) सँग मल ल्याउने सम्झौता गरिसकेको छ ।