काठमाडौं । उच्च अदालत पाटनले कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त रहेको प्रबन्ध सञ्चालकको नियुक्ति सदर गरेको छ । कम्पनीको रिक्त प्रवन्ध सञ्चालक पदमा विष्णु प्रसाद पोखेरललाई गठित सिफारिस समितिको सिफारिसमा कम्पनीको संचालक समितिले निर्णय गरेको थियो । उक्त नियुक्ति कार्यलाइ रोकी यथास्थितिमा राख्ने आदेश भएबमोजिम उक्त निर्णयर उपर रामचन्द्र ढकालले अदालतमा दायर गरेको अवहेलना मुद्धामा दाबी पुग्न नसक्ने र रिट निवेदन खारेज गरिदिएको हो ।
सो निर्णय उपर पनि रामचन्द्र ढकालले अदालतको अबहेलना मुद्दा दायर गरेकोमा उच्च अदालत पाटनको मिति २०८१।०१।१२ गते उत्प्रेषणयुक्त परमादेश मुद्दामा रिट निवेदन खारेज हुने आदेश गरेको र अदालतको अबहेलना मुद्दामा निवेदन माग अनुसार विपक्षीहरुलाई अबहेलनामा सजाय गरी पाउ भन्ने दावी पुग्न सक्दैन भन्ने फैसला सुनाएको हो । अदालतले कम्पनीको संचालक समितिको मिति २०८१।१।१६ गतेको बैठकबाट बिष्णु प्रसाद पोखरेललाई मिति २०८०।१०।१८ गते प्रबन्ध सञ्चालकको पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेको हो ।