‘कृषिमा लगानी दशक’ घोषणा

२०८१ जेष्ठ १ गते प्रकाशित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचनद्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिने भएको हो ।

कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण एवम् बजारीकरणको स्पष्‍ट मार्गचित्र तयार गरी कार्यान्वयनमा ल्याइने सरकारको नीति छ । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने सरकारको योजना छ ।

कृषि, पशुपन्छीपालन र वनको अन्तरसम्बन्ध स्पष्‍ट हुनेगरी भू–उपयोगमा आधारित कृषि प्रणालीको विकास गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …