काठमाडौं । सरकारले ५ वर्षभित्र फलफुलमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । मंगलबार राष्ट्रपति रामचनद्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा फलफूल नर्सरी र बेर्ना रोपणलाई व्यापक रूपमा विस्तार गरी ५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको हो ।
देशभित्रै टिस्यु कल्चर प्रविधिद्वारा बिरुवा उत्पादन गर्न अत्याधुनिक प्रयोगशाला स्थापना गर्ने सरकारको लक्ष्य छ ।