कृषि तथा वन समुहबाट राजेन्द्रबहादुर मिश्र सचिवमा बढुवा

२०८१ जेष्ठ ३ गते प्रकाशित

काठमाडौं– सरकारले कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कृषि तथा वन समूहबाट बढुवाका लागि सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रलाई सिफारिस गरिएको थियो । तेस्रो नम्बरमा सिफारिस भए पनि मिश्र सचिवमा बढुवा भएका छन् ।