काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि कृषिक्षेत्रका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ /८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए । चालू आवमा भने सरकारले कृषिक्षेत्रका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको थियो ।