काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा फलफूल उत्पादन तथा विकासका लागि १ अर्ब ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१÷०८२ भित्र ७ हजार फलफूल बिरुवा उत्पादन र सरकारी फर्म सुधार कार्यक्रम सञ्चालनका लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको बताए ।