काठमाडौं । कृषि तथा पशुपन्छी बीमाबापतको ९७ करोड रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल बीमक नेपाल र बीमा प्राधिकरणसहित बीमाको अनुदानबापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो ।
बीमा अनुदानबापतको भुक्तानी नपाएपछि गत चैत १, २०८० देखि बीमा कम्पनीहरुले बीमालेख स्थगन गरेका थिए । हाललाई अनुदान बक्यौताबापत ९७ करोड भुक्तानी गर्ने र बाँकी रकम भुक्तानीका लागि चालू आर्थिक वर्षभित्रै गर्ने गरी सहमति भएको मन्त्रालयका प्रवक्ता सवनम सिवाकोटीले बताइन् ।