दूग्ध किसानले अझै पाएनन भुक्तानी, २०८१ असार ४ गतेसम्म भुक्तानी नदिए चरणवद्ध आन्दोलन गर्ने

२०८१ जेष्ठ २५ गते प्रकाशित

काठमाडौं । दूग्ध किसानले दूधको भुक्तानी नपाएको बताएका छन् । विगतमा सरकारले किसानलाई दूधको भुक्तानी दिलाउने बाचा गरे पनि त्यसअनुसार किसानले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

२०८० पौष मसान्तसम्मको बक्यौता रकमको भूक्तानी २०८० साल चैत २१ गतेसम्म गरिसक्ने गरी गरिएको सम्झौता हाल सम्म पनि कार्यान्वयन नगरेको भन्दै किसानले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको २०८१ जेठ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असार ४ गते भित्र सम्पुर्ण किसानको भुक्तानी नभएमा आन्दोलनको बाटो निर्णय गरेको हो । संघले त्यसअगाबै किसानको भुक्तानीको वातावरण बनाई दुग्ध किसान र दुग्ध क्षेत्रलाई जोगाउन सरकारलाई ध्यानाकर्षण समेत गराएको हो ।

अन्यथा, आगामी असार ४ गते भित्र माग पुरा नभएमा चरणब आन्दोलनका कार्यक्रम गर्ने संघले चेतावनी दिएको छ । जसअन्र्तगत २०८१ जेठ २५ गते देखि मिति २०८१ असार ४ गते सम्म सम्पूर्ण दुग्ध उत्पादक किसानहरुले कालो पट्टी बाँधी दूध संकलन केन्द्र वा दुग्ध सहकारी संस्थाहरुमा दूध पु¥याई विरोध गर्ने संघले जनाएको छ ।

त्यस्तै, मिति २०८१ असार ५ गते दुग्ध विकास संस्थान, लैनचौर, काठमाडौंमा तालाबन्दी गर्ने र त्यसपछि पनि माग पूरा नगरे दोश्रो चरणको आन्दोलन घोषणा गर्ने संघले एक विज्ञप्ती जारी भनेको छ । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान(डीडीसी) र अन्य उद्योगले किसानको झन्डै डेढ अर्बभन्दा बढी रकम भुक्तानी गरेका छैनन् ।