काठमाडौं– सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा। राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यो सँगै यादव बोर्डमा दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन्। दोस्रो कालमा पनि पुनः प्रतिस्पर्धाबाट यादव नियुक्त भएका हुन्।