काठमाडौं–राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक बन्न ७ जनाको नाम सिफारीस भएको छ । बोर्डको रिक्त कार्यरकारी निर्देशक पदपूर्ति गर्न गठित सिफारीस समितिले ७ जनाको नाम सिफारीस गरेको हो ।
जसमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराइ, रामचन्द्र ढकाल, राजेनद्र श्रेष्ठ, मनोज बस्नेत, फाइन्द्र राज पाण्डे, नवराज सापकोटा र गौरव लुँइटेलको नाम सिफारीसमा परेको हो । दरखास्त दिनेहरुमा स्वीकृत ७ जनाका लागि आउँदो असार २० गते व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र असार २१ गते अन्तवार्ताका लागि बोलाइएको छ ।
यसअघि भट्टराइले कार्यकाल पूरा गरि बोर्डबाट बिदा भएपछि उक्त पद रिक्त रहेको थियो ।