काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयो नुनको मूल्य वृद्धि गरेको छ । कम्पनीको सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार नुनको मूल्य समायोजन गरिएको नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको प्रतिकेजी ४ रुपैयाँ बढाएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिनुपर्नेछ । यसैगरी, उपभोक्ताले न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ तिर्नुपर्नेछ । न्यून शक्ति नुनको यसअघि उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।