काठमाडौं– नेकपा एमालेकातर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन । यो सँगै ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन । प्रधानमन्त्री ओलीको सपथ भोलि सोमबार ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।