काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रीमा रामनाथ अधिकारी नियुक्त भएका छन् । नेपाली कांग्रेसका तर्फबाट अधिकारी मन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलअन्र्तगत कृषि तथा पशुपन्छी विकास मन्त्रालय कांग्रेसको भागमा परेको थियो ।
कांग्रेसले कृषि मन्त्रीमा अधिकारीलाई पठाएको हो । मन्त्रालयको पद्भार ग्रहण गर्दै अधिकारीले कृषिक्षेत्रका निराशा चिर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।