काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिक्षेत्रका प्राथमिकता अध्ययन गरेर कार्ययोजना बनाउने उद्घोष गरेका छन् । मन्त्रालयको पद्भार ग्रहण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
‘कृषिक्षेत्रका प्राथमिकता के के हुन सक्छन् । त्यसको अध्ययन गरेर के गर्ने कार्ययोजना बनाएर अघि बढ्छु,’ उनले भने । उनले आन्दोलनरत कृषि प्राविधिक तथा कर्मचारीको माग सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।