काठमाडौं । सरकारले व्यवसायिक कृषि तथा पशुपालान गर्ने किसानलाई ९२ अर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । सरकारले ब्याज अनुदान प्रदान गर्नेगरी उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपालनमा ४८ हजार १४२ ऋणीलाई ९२ अर्ब ६ करोड कर्जा लगानी गरेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार, २०८१ जेठ मसान्तसम्म यस्तो कर्जा प्रवाह गरेको जनाएको छ । त्यस्तै, ७३ हजार ३८५ महिला उद्यमीहरुलाई ४० अर्ब ९२ करोड कर्जा लगानीमा गरेको राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई १३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा लगानीमा भएको हो ।