काठमाडौं- देशभर साउनको १५ गतेसम्म कुल ९३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १५ प्रतिशतले कम हो । गत वर्ष यस अवधिमा ७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।
यस वर्ष साउन १५ गतेसम्म १२ लाख ९२ हजार ३२९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।
सो प्रदेशमा ९९.६ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । सातवटै प्रदेशमा ९० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको केसीले बताए । उनका अनुसार, यसवर्ष सतप्रतिशत रोपाइँ हुने र धान उत्पादन समेत बढ्ने अनुमान छ ।