काठमाडौं- सरकारले रासायनिक मल वितरणलाई थप सहज र पारदर्शी बनाउन कल सेन्टर स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति र वितरणलाई अझ पारदर्शी र सहज बनाउन कल सेन्टरमार्फत सर्वसाधारणलाई जानकारी दिने भएको हो ।
किसानहरुले मन्त्रालयको कल सेन्टरमा फोन गरेर आफ्नो नजिक रहेको मल विक्रेता सहकारी, निजि स्तरका डिलरहरुको नाम नामेली र मोबाइल नम्बरसहितका विवरण प्राप्त गर्न सक्नेछन् ।
त्यसका लागि कल सेन्टरमा किसानहरुले कल गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१७७७७९ मा कार्यालय समयभि सम्पर्क गरि मल आपूर्ति र वितरणसम्वन्धि जानकारी लिन सक्ने मन्त्रालयले जनाएको छ ।
