रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारीमा सरकार

२०८१ भाद्र ६ गते प्रकाशित

काठमाडौं– सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ । केही दिन अघि सम्पन्न प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागिएको बताएका हुन।

सरकारले यसअघि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । बँदेलको म्याद एक वर्ष थप गर्ने र बाँदरलाई पनि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिने मन्त्री ठकुरीले बताए । रातो बाँदरले किसानको खेतबारीमा बालीनाली वा धनजनको हानि–नोक्शानी पुर्‍याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राख्न लागिएको उनले बताए।