यस वर्ष ३० लाख किसानको सूचीकरण गर्ने सरकारको लक्ष्य

२०८१ भाद्र १४ गते प्रकाशित

काठमाडौं– चालू आर्थिक वर्ष २०८१/०८२ को अवधिमा ३० लाख किसानको वर्गीकरण र सुचीकरण गर्ने सरकारले लक्ष्य लिएको छ । हालसम्म २५ स्थानीय तहमा १९ लाख २४ हजारजना किसानको सूचीकरण भइसकेको छ भने आगामी आवमा ३० लाख किसानको सुचीकरण गर्ने लक्ष्य रहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी २०८१ असोज मसान्तसम्म २१ लाख किसानको सूचीकरण गरिसक्ने लक्ष्य रहेको बताए । सरकारले गठन गरेको १०० दिनको अवधिमा मन्त्री अधिकारीले आगामी असोज मसान्तसम्म उक्त संख्यामा किसान सुचीकरण गर्ने लक्ष्य लिएका हुन् ।

उनका अनुसार, सुचीकरण भइसकेका पाँच स्थानीय तहमा परिचयपत्र विरतणको पाइलटिङ गरिने अधिकारीले बताए । राष्ट्रिय कृषि गणना २०७८ का अनुसार, नेपालमा ४१ लाख ३० हजार किसान घरपरिवार छन् ।