छुर्पीको गुणस्तर मापदण्ड बनाइने

२०८१ भाद्र १४ गते प्रकाशित

काठमाडौं– सरकारले निर्यातयोग्य वस्तु छुर्पीको गुणस्तर मापदण्ड बनाउने भएको छ । हालसम्म उक्त खाद्य पदार्थ छुर्पीको स्पष्ट गुणस्तर मापदण्ड बन्न सकेको छैन् ।

नेपालमा मूख्य निर्यातयोग्य खाद्य पदार्थका रुपमा छुर्पी निकै नै रुचाइएको छ । अमेरिकालगायतका युरोप मुलुकसम्म निर्यात हुने छुर्पीको गुणस्तर मापदण्ड अनिवार्य रुपमा जारी गर्ने र राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा वार्षिक ३ देखि ५ अर्बसम्मको छुर्पी निर्यात हुने गरेको छ ।