खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा सञ्जीवकुमार कर्ण नियुक्त

२०८१ भाद्र २० गते प्रकाशित

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा सञ्जीवकुमार कर्ण नियुक्त भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, यसअघिकी महानिर्देशक मतिना जोशी बैद्यलाइ मन्त्रालयमा तानेर विभागको जिम्मेवारी कर्णलाई सुम्पिएको हो । मतिना बैद्य मन्त्रालयको सह–सचिव तथा प्रदेशको कृषि सचिवमा काम गरेको अनुभव छ ।

नवनियुक्त महानिर्देशक कर्णलाई पनि खाद्य सुरक्षा, पोषण, बजार अनुसन्धान, गुणस्तरलगायतका क्षेत्रमा यसअघि पनि काम गरिसकेको अनुभव छ ।