काठमाडौं– कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार बैंक संचालक समितिको संचालक सदस्यमा दर्घराज मैनाली मनोनयन भएका हुन ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा कृषि विकास बैंक.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराइ, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।