काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन । काठमाडौको बल्खु स्थीत कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन नसक्ने बताए ।
आफुले मन्त्रालयको जिम्मेवारी लिए देखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको बताए।
तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको वताउनुभयो ।